Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

विश्व बैंक : भारतलाई ५० करोड अमेरिकी डलर दिने

विश्व बैंक : भारतलाई ५० करोड अमेरिकी डलर दिने

सोमवार, जेठ २४ २०७८

  • 1.1K
    SHARES

  • विश्व बैंक :  भारतलाई ५० करोड अमेरिकी डलर दिने

    वासिङ्टन, जेठ ।  विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ ।  बैंकको कार्यकारी समितिले कोरोना भाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धरासायी भएको तथ्याङकले देखाएको छ । विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ ।

    सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीले बताएका छन् ।

    बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ ।

    विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ ।

    रासस÷एएनआई

    सोमवार, जेठ २४ २०७८०९:२१:३५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार