Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

नेप्से परिसूचक : "कारोबार रकम र बजारले नयाँ रेकर्ड बनायाे"

नेप्से परिसूचक : "कारोबार रकम र बजारले नयाँ रेकर्ड बनायाे"

आइतवार, जेठ २३ २०७८

  • 1.1K
    SHARES

  • नेप्से परिसूचक  :  "कारोबार रकम र बजारले नयाँ रेकर्ड बनायाे"

    काठमाडौँ, जेठ । आइतबार सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सेयर कारोबार मापक नेप्से ५०.१३ अंकले बढेर २ हजार ९ सय ६.९१ विन्दुमा उक्लेको छ ।

    अघिल्लो दिनको तुलनामा यो १.७५ प्रतिशतको वृद्धि हो । आइतबारको नेप्से हालसम्मकै उच्च हो । यसअघि गत बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ५६.७६ विन्दुमा पुगेर बन्द भएको थियो ।

    सो दिन कारोबारमा आएकामध्ये बैकिङ, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, लगानी र सामूहिक लगानी कोषलगायत उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि बजारले नयाँ रेकर्ड बनाएको छ ।

    आइतबार बजारमा १ लाख ७१ हजार वटा कारोबारबाट २ सय १८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १७ अर्ब २७ करोड रुपैयाँ बराकरको सेयर कारोबार भएको छ ।

    कारोबार रकम पनि हालसम्मकै उच्च हो । यसअघि गत सोमबार १७ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार बजार खुल्दा २ हजार ८ सय ८४.०७ विन्दुदेखि खुलेको बजार २ हजार ९ सय २०.२१ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजार केही घटेको थियो ।

    गिरावटको क्रम निकै छोटो समय चल्यो । त्यसपछि पुरानै लयमा उकालो लागेको बजार अन्तत: ५० अंकले बढेर बन्द भयो । नेप्सेमा उच्च वृद्धि भएपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर ४० खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो ।

    सो दिन सेन्सेटिभ परिसूचक पनि ७.८८ अंक बढेर करिब ५२१ विन्दुमा पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । आइतबार फ्लोट परिसूचक पनि २.०९ प्रतिशतले बढेको छ । आइतबार कारोबारमा आएकामध्ये लगानी उपसमूहको परिसूचक सवैभन्दा बढी ३.९७ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ३.६६ प्रतिशत बढे ।

    यस्तै, ‘अन्य’ उपसमूहको परिसूचक ३.०३, विकास बैंकको २.३८, वित्त कम्पनीको १.४३, लघुवित्तको ०.०८ र सामूहिक लगानी कोष उपसमूहको परिसूचक १.६ प्रतिशतले उकालो लागे । तर, व्यापारक उपसमूहको परिसूचक १.०२, होटल्स तथा पर्यटनको ०.५२, निर्जीवन बीमाको ०.५७, उत्पादन तथा प्रशोधनको १.१४ र जीवन बीमा उपसमूहको परिसूचक ०.६८ प्रतिशतले घटेको नेप्सेको तथ्यांक छ ।

    आइतवार, जेठ २३ २०७८०७:४७:३६

    डेमो खबर

    सम्बन्धित समाचार