Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images
आइतबारसम्ममा मन्त्रिपरिषद विस्तार हुँदै

प्रधानमन्त्री ओली गृहकार्यमा : " काे काे छन त सम्भावित मन्त्रीमा ? "

प्रधानमन्त्री ओली गृहकार्यमा : " काे काे छन त सम्भावित मन्त्रीमा ? "

शनिवार, जेठ २२ २०७८

  • 2.2K
    SHARES

  • प्रधानमन्त्री ओली गृहकार्यमा :    " काे काे  छन त सम्भावित मन्त्रीमा ? "

    काठमाडौं, जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबारसम्ममा मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेकाे एमाले स्राेतले बताएकाे छ ।

    आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा छन उनी । ओली अहीले नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेता तान्ने तयारीमा छन । सहमति भनेर संवाद जारी राख्ने तर सहमति भने नगनेर मनसाय राखेर 'तान्ने र भाँड्ने' शैली अपनाउने सो पक्षका नेताले डेमाेखबरलाइ बताए ।

    सहमतिमा आए केहीलाइ मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन नसकेको स्राेतकाे भनाइ छ । । नाम नबताउने शर्तमा एक एमाले नेताले भने, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी छ, काे काे हुन्छन भन्ने चाही टुंगाे नभएकाे बताए ।

    सम्भावितमा भने ,  भोलि शपथ खानसक्ने मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनी रानाको नाम भने अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिए ।

    यलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाई छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सूचीकरण गरिसकेको छ ।

    त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएको गुनासो चौतर्फी आइरहेको बेला महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थाल्नुभएको बुझिएको छ ।

    एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेल चर्चामा छन ।

    शनिवार, जेठ २२ २०७८०२:०७:३६

    डेमो खबर

    सम्बन्धित समाचार