Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

महिला हिंसाका घटना : '४५ प्रतिशत घरभित्रै निषेधाज्ञा अवधिमा'

महिला हिंसाका घटना : '४५ प्रतिशत घरभित्रै निषेधाज्ञा अवधिमा'

शनिवार, जेठ २२ २०७८

  • 1.3K
    SHARES

  • महिला हिंसाका घटना :  '४५ प्रतिशत घरभित्रै निषेधाज्ञा अवधिमा'

    काठमाडौँ , जेठ । कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको छ ।
     
    महिला पुनस्र्थापना केन्द्र द्वारा सञ्चालित दुई हटलाइन, २३ मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्था सञ्चारमाध्यमबाट उक्त घटनाहरु अभिलेखीकरण गरिएका हुन् ।

    सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको तथ्याङ्कले देखाउँछ ।
     
    घरेलु हिंसाका घटनामध्ये कम ल्याएको र छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाइएको, चारित्रिक आरोप लगाइएको, गालीगलौज तथा अपशब्द प्रयोग गरिएको, शारीरिक तथा मानसिक यातना दिइएकोलगायतका छन् ।
     
    यसबाहेक महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरी बेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधाबाट वञ्चित गरी हिंसा गरिएको पाइएको छ । उक्त तथ्याङ्क अनुसार घरेलु हिंसाका घटनामा ७६ प्रतिशत ९६८  श्रीमान र २४ प्रतिशत २२  परिवारका सदस्य संलग्न रहेको देखिन्छ ।
     
    घरेलु हिंसाका घटनाबाहेक यस अवधिमा ४५ बलात्कार, १५ सामाजिक हिंसा, १४ हत्या, पाँच हत्या प्रयास, छ यौनदुव्र्यवहार, चार आत्महत्या, दुई मानव बेचबिखन, दुई बलात्कारको प्रयास र १७ अन्य प्रकृतिका हिंसाका घटना सङ्कलन भएका छन् ।

    अन्य प्रकिृतिका घटनामध्ये पारिवारिक स्रोतका अनुसार लैङ्गिक हिंसाका कारणले दुईले आत्महत्या प्रयास गरेका र १५ लाई अलपत्र पारिएका घटना रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।

    यस विषम परिस्थितिमा तीनै तहका सरकारले न्यून आय भएका जनतालाई राहतको व्यवस्था गर्नुपर्ने, हिंसापीडितका लागि सुरक्षाको प्रत्याभूति र उजुरीको सहज व्यवस्था गर्नुपर्ने उनले बताए ।     

     

    शनिवार, जेठ २२ २०७८११:१८:४७

    डेमो खबर

    सम्बन्धित समाचार