Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

मन्त्रिपरिषद् बैठक : ' यस वर्षकाे एसईई नहुने, नतिजा आन्तरिक मूल्यांकनबाटै '

मन्त्रिपरिषद् बैठक : ' यस वर्षकाे एसईई नहुने, नतिजा आन्तरिक मूल्यांकनबाटै '

मंगलवार, जेठ १८ २०७८

  • 1.4K
    SHARES

  • मन्त्रिपरिषद् बैठक :  ' यस वर्षकाे  एसईई  नहुने,   नतिजा  आन्तरिक मूल्यांकनबाटै '

    काठमाडौं, जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष नहुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    उनले थपे, विद्यालयले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

    प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो ।

     

    मंगलवार, जेठ १८ २०७८०९:३२:१७

    डेमो खबर

    सम्बन्धित समाचार