Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

पत्रकार महासंघ : " बजेटको स्वागत, महासंघको मागको सुनुवाई"

पत्रकार महासंघ : " बजेटको स्वागत, महासंघको मागको सुनुवाई"

आइतवार, जेठ १६ २०७८

  • 1.5K
    SHARES

  • पत्रकार महासंघ :   " बजेटको स्वागत, महासंघको मागको सुनुवाई"

    काठमाडौं, जेठ । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले सरकारद्वारा शनिबार अध्यादेश मार्फत प्रस्तुत आर्थिक वर्ष २०७८-७९ बजेटको स्वागत गरेको छ । महासंघमा महासचिव रोशन पुरीले आइतबार विज्ञप्ती जारी गर्दै बजेट सकारात्मक रहेको बताउनुभएको छ ।

    बजेटमा महासंघले उठाएको मागको सुनुवाई भएको बताउँदै महासंघले त्यसलाई सकारात्मक रुपमा लिंदै कार्यान्वयनका लागि आग्रह गरेको छ । “नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ” विज्ञप्तीमा उल्लेख छ ।

    बजेटमा महासंघले प्रस्ताव गरेअनुसार सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय रहेको महासंघले बताएको छ । यसअघि महासंघका पदाधिकारीले गत वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर माग प्रस्तुत गरेको थियो । “बजेटमा उल्लेख भएका सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक छ” महासचिव पुरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    यस आ.व.को बजेटमा श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने, नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने भनिएको छ ।

    त्यस्तै, आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, महासंघको निर्माणधिन भवन सम्पन्न गर्न आवश्यक रकमको विनियोजन, प्रेस संग्रहालयको स्थापना गर्ने, कोभिडबाट प्रभावित भइ रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा दिने, पत्रकार कल्याणकारी कोषको कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा गरिएको छ ।

    सोहीअनुसार सरकारी विज्ञापन सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई न्यायपूर्ण पहुँचका आधारमा सुनिश्चित गरिने र सञ्चार गृहको आर्थिक वर्ष ७८-७९ को इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था सरकारले गरेको छ ।

    आइतवार, जेठ १६ २०७८११:१४:३४

    डेमो खबर

    सम्बन्धित समाचार