Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

कोभिड–१९  : "क्यान्सर प्रभावितको सजगता / सकारात्मकताले उर्जा दिन्छ" 

कोभिड–१९  : "क्यान्सर प्रभावितको सजगता / सकारात्मकताले उर्जा दिन्छ" 

बिहिवार, जेठ १३ २०७८

  • 2.5K
    SHARES

  • कोभिड–१९  :  "क्यान्सर प्रभावितको सजगता / सकारात्मकताले उर्जा दिन्छ" 

     

    बन्दना खाँड

    कोभिड–१९ को दोस्रो लहरको महामारी नेपालमा दिनप्रतिदिन बढ्दो छ, सङक्रमण  पनि बढ्दै गएको, धेरैको ज्यान समेत गएको दुखद अवस्था छ । हाल नेपालका तराई, पहाडका जिल्लामा निषेधाज्ञा रहेकाले सक्रंमणकोे दर घटाउन, एकबाट अरुमा सर्ने क्रम न्यून गर्न वा भनौ ‘ब्रेक द चेन’ का लागि सहयोग भईरहेको छ । एकातिर हामी सुरक्षित रहनुपर्ने अवस्था छ भने अर्कोतर्फ दैनिक ज्याला, मजदुरी, काम गरेर खानुपर्ने अवस्था रहेका ब्यक्ति तथा परिवारका लागि चने ब्यवस्थापनको बिकल्प गरिनुपर्ने देखिन्छ ।
    हाल हामीले दिनान दिन सक्रं्रिमतको अवस्था बढ्दै गईरहेको साथैे आफना ईष्टमित्र, साथी, छिमेकी सङक्रमित भैरहेको र मृत्युवरण पनि गर्नुपरेको दुखद खबर सुन्न परिरहेको छ । हामीले यो दुखद अवस्थाको सामना त गर्नुपर्छ नै सँगसँगै दुखद अवस्था भित्र पनि आशाबादी भएर निषेधाज्ञा वा बन्दाबन्दीको अन्त्य, सामान्य अवस्थाको अनुभूति, उर्जावान बनिनु पर्नेछ । 
    हामीले जीवन भोगाईका क्रममा अनगिन्ती सहज, असहज परिस्थिति भोग्दै आईरहेका छौ । हामीमध्ये कोहीले यसलाई जीवनमा आइरहने नियमित आकस्मिकताको रुपमा लिन्छौ भने कोही भाग्यको खेल ापनि सम्झिन्छौ । 
    यस्तो अनिश्चित घटनामा कतिपय हामीे बढी चिन्तित हुन्छौ,  आतिन्छौ पनि । कोहीले यस्तो अनिश्चिततालाई जीवनको एउटा अशंको रुपमा स्वीकार गरी तथा सामना गरेर अगाडि बढ्छौ् । हामी क्यान्सर योद्दाले त अझ उच्च मनोबल, सकारात्मक सोचको साथ क्यान्सर रोगलाई परास्त गरेका छौ तसर्थ नचाहँदा नचाहँदै पनि बेला बेलामा आइपर्ने यस्ता अवस्था हाम्रो जीवनको एउटा पाटोको रुपमा रहेका छन् ।
    कोरोनाको जोखिममा सबै उमेर र अवस्थाका ब्यक्ति भए तापनि दीर्घरोगी तथा रोग प्रतिरोध क्षमता कम भएका बढी परेका  पाइएको छ ।  संक्रमणको जोखिम बढी हुने हुँदा सम्बन्धितले समस्या आउन नै नदिन सजग र सचेत हुनैपर्छ र थप सर्तकता अपनाउनु पनि परेको छ । विभिन्न दीर्घरोग त्यसमा पनि क्यान्सरसँग लडिरहेका क्यान्सर प्रभावित (सर्भाइभर) हरुको अवस्था चुनौतीपूर्ण छ ।
    निषेधाज्ञा, बन्दाबन्दीको बेलामा क्यान्सरका बिरामीलाई पनि कोरोनाको जोखिम उच्च रहने अध्ययनले देखाएको छ । किनभने उपचारार्थ क्यान्सर बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ तथा अस्पतालको बहिरंग सेवादेखि नै कोभिड–१९ संक्रमण हुनसक्ने जोखिम हुन्छ । क्यान्सर विषेशज्ञले पनि अन्य बिरामीको दाँजोमा क्यान्सरका बिरामी कोभिड–१९ संक्रमण भएमा आइसीयू, भेन्टिलेटर चाहिने अनि मृत्यु हुने संभावना करिब ३० प्रतिशतभन्दा बढी हुने बताएका छन । 
    गत बन्दाबन्दीको समयमा उपचारमा रहेका हाम्रा आफन्त, साथी त्रासको कारण उपचार नै रोकेको र देशको सामान्य अवस्था भएपछि मात्र उपचारमा जाँदा क्यान्सर झन बल्झिएको अर्थात पहिलो चरणको क्यान्सर दोस्रो र दोस्रो चरणको क्यान्सर तेस्रो चरणमा हुन गएको अवस्था क्यान्सर विषेशज्ञले पुष्ट्याई गरेका छन  । 
    अहिले कोरोनाका बिरामीले सबै ठाउँबाट उपचार पाइरहेका छन् । तर क्यान्सरसहित दीर्घरोगीलाई भने कम ध्यान दिईएको छ । त्यसैले पनि यो समयमा मुख्यतः क्यान्सरको उपचार गराईरहेका  बिरामीलाई नियमित उपचार जस्तैः केमोथेरापी, रेडिएसन लिन समस्या परिरहेको छ । टाढाबाट आएका सेवाग्राहीलाई अस्पताल नजिक बस्ने व्यवस्था नहुँदा अप्ठयारोमा परेका छन् । साथै बन्दाबन्दीको कारण आवश्यक मात्रामा स्वस्थ्यकर र पोषिलो खानेकुराको अभाव छ, यसले गर्दा रोग प्रतिरोध क्षमता थप कमजोर भई बिरामीको अवस्था दयनीय हुँदैछ । 
    अर्कोतिर कतिपय नियमित औषधि खाइरहनु पर्ने बिरामीले औषधि पाउन सकेका छैनन ्। नियमित औषधि सेवन, अन्य थेरापीका लागि कतिपयलाई फलोअप गर्न अस्पताल जानुपर्ने हुन्छ । तर अधिकांश अस्पतालमा बहिरंग विभाग (ओपिडी) बन्द रहँदा नियमित भिजिटर उपचार लिन कठिन भएको छ । अस्पतालसम्म आउन जान यातायातको समस्या भएको अवस्थाछ । क्यान्सर अस्पतालमा हरेक खालका बिरामी जाँच गर्न आउने हुनाले उपचार गराइरहेका बिरामीलाई संक्रमणको जोखिम पनि बढ्नसक्ने अवस्था रहन्छ । कोरोना महामारीको कारणले क्यान्सर अस्पतालमा नियमित रूपमा चाहिने औषधिको पनि अभाव देखिएको छ ।
    हामी बिशेषतः क्यान्सर उपचारार्थ बिरामीले कोरोनाको सङ्क्रमणबाट जोगिन र त्रासको वातावरणबाट छुट्कारा पाउन अनिश्चत अवस्थालाई आत्मसात गर्दै हाम्रो परम्परागत ज्ञान, सीप, मूल्य र मान्यतालाई सदुपयोग गर्दै स्वस्थ्कर जीवनशैली एवम आत्मबलका साथ अगाडि बढ्नुपर्दछ । यो समयलाई परिवारको साथ, अपनत्व सहित एक अर्कालाई नजिकबाट बुझ्ने र समय बिताउने सुवर्ण अवसरको रुपमा लिनुपर्छ । 
    आफ्नो परिवारमा सुरक्षित रहन सुरक्षात्मक क्रियाकलाप, भीडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कनै परे मात्र निस्कने र सँधैं मास्कको प्रयोग गर्ने गर्नुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिने, आफैमा बिश्वास बनाई राख्ने, रोग प्रतिरोधी क्षमता बढाउन, स्वस्थ र सन्तुलित भोजनसहित ध्यान, योग, व्यायाम गर्ने, गीत–संगीत सुन्ने, आफ्नो अवस्था अनुसार तरकारी एवं फलफूल खेती गर्ने, करेसा बारी, बगैंचामा टहलिने गर्नाले पनि लाभ दिन्छ । 
    यसका साथै लेख्ने, पढ्नेलगायत अन्य सिर्जनात्मक काममा व्यस्त रहने गर्नाले पनि  सकारात्मक उर्जा मिल्दछ । घरमा बस्नु पर्यो भनेर दिक्क मान्नुको सट्टा यो बन्दाबन्दीमा वर्षौंदेखि चाहेर पनि गर्न नसकेको आफ्नो क्षमता, सिपमा निखार ल्याउने अवसर भनेर सोच्नुपर्छ । यो बेलामा क्यान्सर उपचारार्थ बिरामीले आफ्नो अवस्था र आवश्यकता अनुसार सचेत भई व्यक्तिगत रुपमा दैनिक जीवनशैलीमा परिवर्तनको खाँचो छ । 
    चिकित्सकसँग सल्लाह गरेर मात्र अस्पताल जाने गर्नुपर्छ । फोन वाविद्युतीय विधिबाट परामर्श सेवा लिन उपयोगी हुन्छ । महामारीलाई एक विषम परिस्थिति ठानेर आफूलाई व्यस्त राख्ने जसले हामीलाई मनो–सामाजिक रुपमा स्वस्थ्य रहन मद्दत मिल्छ । मनोवल उच्च राख्ने र सधैं सकारात्मक सोच राखे अझ लाभदायक हुन्छ । क्यान्सर अस्पताल, क्यान्सर सहयोगी समूह एवं क्यान्सर बिजेतासँगको छलफल, नियमित अन्तक्रिया आफ्नो अर्थपूर्ण सहभागिता लाभकारी हुन्छ । आवश्यक भएमा मनो–परामर्शकर्तासँग सल्लाह–सुझाव लिन सकिन्छ ।
    महामारीको सकारात्मक पक्षलाई ऊर्जाको रुपमा लिँदै संयम र सजग भएर निषेधाज्ञाको सदुपयोग गर्न सक्नुपर्छ । यस्तो अवस्थामा क्यान्सर उपचारार्थलाई परिवारको साथ, सहयोग, माया, अपनत्व र हौसलाको खाँचो हु्न्छ । परिवारसँग रमाएर दिन बिताउने र एक आपसमा भावना साटासाट गर्नाले तनावग्रस्त नभई आत्मबल बढाउन महत्वपूर्ण भूमिका रहन्छ ।
    यो कोभिड–१९ को दोस्रो लहरको भयावह अवस्थाबाट भागेर जानसक्ने अवस्था त छैन, अहिलेको भयावह अनिश्चितताँग कुनै विकल्प छैन ।
    तसर्थ यो महामारीमा जुझेर सकारात्मक सोच, स्वस्थकर जीवनशैली सँगसँगै सजगता, सरकारको तोकेको सुरक्षित मापदण्डमा रहेर एक असल नागरिकको जिम्मेवारी, कर्तव्य निर्वाह गर्ने हाम्रो जिम्मेवारी हो । होम आईसोलेसमा बस्नुभएकाहरु, क्यान्सर सरभाईभर, क्यान्सर उपचार्राथ तथा हामी सबैको मनमा त्रास छ; टेलिभिजन, खबर, सामाजिक सन्जालमा दैनिक काम गरेर छाक टार्न असह जभएको, विधार्थीलाई डेरामा बस्न तथा दैनिकीको समस्या, आफन्त, चिनजानको ब्यक्तित्व सकं्रमित, अक्सिजनको अभाव, मृत्युवरण जस्ता दुखद समाचार पढदै र सुन्दै आईरहेका छौ । 
     सँगसँगैं खोप ब्यवस्था भैसकेको र हामी कतिपयले खोप पनि लगाईसकेको, बिभिन्न ब्यक्ति, सघं सस्थाहरुले कठिनाईमा रहेकालाई सहयोग गरिरहेको,  संक्रमित निको भई घर फर्केको जस्ता सुखद समाचार, बिशेषज्ञको अन्तवार्ता, सल्लाह सुझाव, कोरोना बिजेताको अनुभव, आपतकालिन अवस्थामा आवश्यक सम्र्पक नम्बर, सकारात्मक सन्देशलाई पनि मनन गर्दा सकारात्मक उर्जा पैदा हुन्छ । 
    यो अवस्था सहज स्वीकार गर्दै बाहिरका अवस्थालाई हेर्ने भन्दा पनि आफनोभित्र नै हेर्ने वा भनौ आफनो अधिनमा नरहेका समाचार, खबरमा चासो नदिने वा कम चासो दिने र आफनो अधिनमा रहेका जस्तै सामाजिक सञ्जालमा जथाभावी प्रतिक्रिया नदिने, आत्मबल दहे बनाउने, सकारात्मक सोचसहित र्उजाशिल बनाउन सकिन्छ भने अप्ठयरामा परेकालाई मानसिक, आर्थिक, सामाजिक मदत, साथ, सहयोग गर्ने, भौतिक दुरी कायम गर्ने, सँधै मास्क लगाउने र सरसफाईमा ध्यान दिनेमा केन्द्रित हुनुर्पदछ । 
    यस्तो महामारीमा आफ्नो ज्यानको बाजी लगाई दिनरात अहोरात्र खटिएका चिकित्सक, डाक्टर, र्नस, सुरक्षाकर्मी, सञ्चारकर्मी एवम्् समाजसेवीलाइ सम्मानसहित हौसला दिन्ु महत्वपूर्ण रहन्छ ।
    व्यक्तिगत, पारिवारिक रुपमा आफू सचेत एवं संयम रहने, मानसिक रुपमा मजबुत हुने, आफूले नै आफैंलाई यो कठिन समयमा अझ बढी ख्याल गर्नुपर्ने, मनमा हौसला जगाई राख्ने, निषेधाज्ञाको पालना गर्ने, सरकार र सम्बन्धित सरोकारवाला मिलेर एकजुट भई अगाडि बढ्नु नै उत्तम हुन्छ ।
    सरकारले कोभिड–१९ दोस्रो लहरको महामारीको नियन्त्रणका लागि तत्काल प्रभावकारी स्वास्थ्य प्रणाली, सुशासन प्रणाली ब्यवस्थापन गर्नुपर्दछ । समयमा उपचार नपाएर ज्यान गुमाउन पुगेकाप्रति सरकारको ध्यान जान बिलम्व हुनु हुँदैन । क्यान्सरलगायतका दीर्घरोगीको लागि आवश्यक सरल र सहज उपचार सेवाको व्यवस्था मिलाउन अत्यन्त जरुरी देखिन्छ । अबका दिनमा सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षाका नीति, कार्यक्रम बमोजिम कार्ययोजना हुनुपर्छ । 

    (लेखक: स्तन क्यान्सर विजेता, क्यान्सर रोकथाम अभियन्ता एवम् अधिकारकर्मी हुनुहुन्छ)

    बिहिवार, जेठ १३ २०७८०६:२५:४३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार