Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

काेराेनाकाे कहर : ' भरोसा सहयोग र सद्भावकाे'

काेराेनाकाे कहर : ' भरोसा सहयोग र सद्भावकाे'

बुधवार, जेठ १२ २०७८

  • 1.7K
    SHARES

  • काेराेनाकाे कहर   : ' भरोसा  सहयोग र  सद्भावकाे'

    कोभिड–१९(कोरोना) सङ्क्रमणको दोस्रो लहरले उच्च प्रभावित नेपाललाई विभिन्न मित्रराष्ट्रबाट सहयोग प्राप्त भइरहेकाे छ । यसअघि नेपाली हवाई सेवामार्फत सहयोग सामग्री पठाएको चीनले अहिले स्थलमार्गबाट पठाएको सहयोग तातोपानीबाट राजधानी पठायाे । यसैगरी संयुक्त राज्य अमेरिकाले पनि आफ्नै विमानमार्फत पहिलो खेप सहयोग नेपाल ल्याइदिएको छ । उसले पहिलो खेपमा सर्जिकल मास्क, फेस सिल्ड र पञ्जा सहयोग गरेको छ ।

    यसैगरी एक सय थान भेन्टिलेटर, पीपीई, अक्सिजन आपूर्तिमा सघाउने उपकरणलगायतको सामग्री उपलब्ध गराएको छ, जुन सामग्री उपचारका लागि अत्यावश्यक मानिन्छ । अमेरिकी सहयोग स्वरूप अर्को विमान आइतबार एक हजार थान अक्सिजन सिलिन्डर लिएर नेपाल आउने जनाइएको छ । यही हप्ता बेलायतको संसद्मा नेपालको वर्तमान स्थिति र गर्नुपर्ने सहयोगका बारेमा छलफल भएको छ ।

    महामारीविरुद्ध लड्न स्पेनले पनि नेपाललाई सहयोग गरेको छ । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मित्रराष्ट्रसँग सहयोगका लागि गर्नुभएको आग्रहपछि सहयोग आउन थालेको हो । चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन तथा अन्य स्वास्थ्य सामग्री बोकेका कन्टेनर शनिबार तातोपानी नाकामा आइपुगेका छन्, जसमा ३० हजार लिटर परिमाणका एक सय ५० थान लिक्विड (तरल) अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्री छन् ।

    ती सामान आइतबारसम्ममा राजधानी उपत्यका आइपुग्ने छन् । उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिन्डर अक्सिजन भर्न सकिनेछ । अक्सिजनसहितको सिलिन्डर सहयोग गर्ने चीनको प्रतिबद्धता अनुरूप बाँकी सामग्री क्रमशः आइरहनेछन् । यसअघि पहिलो लहरको कोराना प्रभाव न्यूनीकरण गर्न युरोपेली सङ्घले नेपाल सरकारलाई नौ अर्ब ८० करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

    युरोपेली सङ्घले महामारी परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थान गर्न ‘टिम युरोप प्याकेज’ स्थापना गरेको थियो र यस पटक पनि यस्तो सहयोग आउन सक्नेछ । त्यसका लागि नेपालले कूटनीतिक पहल गर्नु आवश्यक छ । पहिलो लहरका बेला विश्वका सम्पन्न भनिएका देशहरू पनि महामारीले आक्रान्त भएकाले उनीहरूसँग सहयोग माग्नु स्वाभाविक थिएन ।

    अहिले नेपालको विकास निर्माणमा लामो समयदेखि सहयोग गर्दै आएका कतिपय दातृराष्ट्रमा कोरोना कहर देखिएको छैन वा खोप, स्वास्थ्य सामग्रीको उत्पादन भएका छन् । यस्तो अवस्थामा उनीहरूले नेपाललाई तत्काल स्वास्थ्य सामग्री र दीर्घकालीन आर्थिक सहयोग गर्न सक्छन् । नेपालमा एक सिलिन्डर अक्सिजन नपाएर नागरिकको निधन भएको अवस्था देखाउँदै प्राप्त सहयोगको सदुपयोग गर्नेछौँ भनेर सहयोगी राष्ट्र, निकाय, संस्था वा व्यक्तिलाई विश्वस्त गराउने जिम्मेवारी भने नेपाल सरकारको हुनेछ । उपचारमा आवश्यक सामग्री प्राप्त हुनुले केही राहत मिलेकै छ ।

    सङ्कटका बेला नेपाल एक्लो छैन, मित्रराष्ट्रहरूको भरोसा प्राप्त हुन्छ भन्ने विश्वास जगाएको छ । योसँगै अब खोपका लागि पनि नेपालले खरिद र अनुदानका निम्ति पहललाई सघन बनाउनु पर्नेछ । पूर्व प्रतिबद्धताअनुसार भारतीय कम्पनीले खोप उपलब्ध गराउने हो भने नेपाललाई ठूलै राहत मिल्नेछ । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनअन्तर्गतको कोभ्याक्स प्राप्त भएमा ठूलो सहयोग हुनेछ । बेलायतको संसद्मा नेपालप्रतिको चासोले सहयोगी मनको आकाश देखाएको छ ।

    पछिल्ला दिन रुसले नेपाललाई खोप उपलब्ध गराउन सक्ने सम्भावना देखिएको छ । कूटनीतिक पहल गरेर अनुदान वा खरिदका लागि नेपालले ढिला गर्न हुँदैन । सम्पन्न भनिएका देशहरूले उत्पादित खोपको ठूलो मात्रा आफैँ कहाँ राखेकाले नेपालजस्ता विकासोन्मुख देशमा खोपको अभाव देखिएको जानकारले जनाएका छन् । ती मुलुकले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वअनुसार नेपालजस्ता देशलाई सहयोग गर्नुपर्छ । नेपालले सबै खोप अनुदान वा सहयोगमा मागेको छैन । केही खरिद र सम्भव भए केही परिमाण खोप सहयोगको अपेक्षा गरेको हो ।

    नेपालले खरिद गर्न चाहेको परिमाणअनुसार खोप दिन्छु भनेर प्रतिबद्धतासहित बैना लिइसकेको भारतको सिरम कम्पनीले हाल आएर खोप उपलब्ध गराउन असमर्थता देखाएकाले नेपालमा पहिलो डोज खोप लगाएर बसेका मूलतः ज्येष्ठ नागरिक अन्योल र चिन्तामा छन् । नेपाल र नेपालीको यस्तो अवस्थामा नेपालले किन्छु र सिरमले दिन्छु भनेको परिमाणअनुसारको खोप दिन सो कम्पनी उदार र जिम्मेवार हुनुपर्छ ।

    बुधवार, जेठ १२ २०७८०९:४१:२३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार