२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्यो : "अक्सिजन खोज्न बिरामीका आफन्तलाई नलगाउनू"

आइतवार , जेठ २, २०७८

काठमाडौं, जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पताललाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालको हुने बताए ।

‘अस्पतालमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार