काठमाडौं, जेठ । नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबैतर्फबाट पाँच - पाँच सदस्य रहने गरी कार्यदल गठन भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ ।
कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने वार्तापछि नेता नेपालले पत्रकारलाइ जानकारी गराएका छन ।
कार्यदलका अन्य सदस्यमा अध्यक्षका तर्फबाट, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शङ्कर पाेखरेल र विष्णु रिमाल रहनुभएकाे छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेकाे उनले जानकारी दिएका छन।