विराटनगर, जेठ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि प्रदेश १ मा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६१ को पुगेको छ ।
कोरोनाको दोश्रो लहर सुरु भएपछि गत चैत २ गते प्रदेश १ मा पहिलो पटक यसको सङ्क्रमणबाट एक मृत्यु भएको थियो ।त्यसपछि शुक्रबारसम्ममा यस प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणबाट १६१ को मृत्यु भइसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि यही सङ्क्रमणका पहिलो लहरमा यस प्रदेशमा ४६६ को मृत्यु भएको कोभिड १९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा.रविन्द्र निरौलाले बताएका छन ।
कोरोना भाइरसको दोस्रो लहरमा यस प्रदेशको मोरङमा सबैभन्दा बढी ५५ को मृत्युभएको छ ।
मृत्यु हुने अधिकांश विराटनगर महानगर पालिकाभित्रका रहेको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसपछि झापामा ३३, सुनसरीमा ३०, उदयपुर , धनकुटा तीन÷तीन, इलाममा पाँच ताप्लेजुङमा दुई,तेह्रथुममा एकको मृत्यु भएको छ । ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर र खोटाङमा भने अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन् । पहिलो लहरमा सङ्खुवासभा र पाँचथरमा एक–एकको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दोश्रो लहर सुरु भएपछि प्रदेश १ बाहिरका ठेगाना भएर प्रदेश १ का अस्पतालमा २९ को मृत्यु भएको छ भने पहिलो चरणमा ३० को मृत्यु भएको बताइएको छ ।