२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

पवित्र पर्व ‘ईद उल फित्र’ काे शुभकामना

सभापति देउवाले भने : 'सरकारको लापरवाहीले कोरोनाबाट ज्याउन गुमाउने बढे'

एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह

शुक्रवार , बैशाख ३१, २०७८

काठमाडौं, बैशाख । सरकारको लापरवाहीका कारण कोरोना संक्रमणबाट ज्याउन गुमाउने बढिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

इस्लाम धर्मावलम्वीको पवित्र पर्व ‘ईद उल फित्र’ का अवसरमा एक शुभकामना व्यक्त गर्दै देउवाले भने, सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेको हाे ।

यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह गर्दछु ।’

इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको देउवाले आफ्नो शुभकामनामा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार