२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सर्लाही अस्पताल :  ‘ज्वरोका बिरामीले भरिए’

बिहिवार , बैशाख ३०, २०७८


सर्लाही, बैशाख  । सर्लाहीमा ज्वरोका बिरामी थपिँदै गएका छन् ।  जिल्लाभर नै अहिले अत्यधिक ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने जस्ता लक्षण भएका बिरामी  बढिरहेका हुन् । 
यहाँका अधिकांश निजी तथा सरकारी अस्पताल र क्लिनिकमा यस्ता लक्षण भएका बिरामीको चाप बढ्दो क्रममा छ ।  लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको ओपीडीमा हिजो आज दैनिक ४० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । 
त्यसमध्ये अधिकांशमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिने गरेको अस्पतालकी इन्चार्ज डाक्टर प्रगति रानाले जानकारी दिए । कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन विधिबाट अस्पतालकै ल्याबमा कोरोना परीक्षण गराउँदै आएको डा. रानाले बताए । 
जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, बयलवास, मलङ्गवा जस्ता मुख्य बजार क्षेत्र र ग्रामीण भेगका स्वास्थ्य संस्थामा बिरामी बढेका छन् ।  सरकारी अस्पतालको तुलनामा निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप अझ धेरै छ । 
सदरमुकाम मलङ्गवामा रहेको जिल्ला अस्पतालले पीसीआर मेसिन सञ्चालन भएपछि बैशाख १७ गतेबाट ओपीडी सेवा बन्द गरिसकेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका इन्चार्ज एवं डाक्टर राधेश्याम रायले उपचार गराउन आउने ६० प्रतिसत बढी बिरामीमा ज्वरो रहेको बताए । 
अधिकांशमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिने गरेको भएपनि परीक्षण नभइरहेको र बिरामीले नै कोरोना हुनसक्ने भनेर सावधानी अपनाउन अटेर गरिरहेका डा. रायको भनाई छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार