२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : 'एक सञ्चारकर्मीको मृत्यु'

बिहिवार , बैशाख ३०, २०७८


गौर, बैशाख  । कोभिड १९ को संक्रमणले रौतहटमा एक सञ्चारकर्मीको मृत्यु भएको छ । जनकपुर टुडेका समाचारदाता गरुडा निवासी ४१ वर्षीय पत्रकारको कोरोना संक्रमणले उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको हो ।
बैशाख १७ मा कोरोना पुष्टि भएपछि स्वास फेर्न समस्या आएपछि नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा भर्ना गरिएको थियो । विगत १३ दिनदेखि उपचारत पत्रकारको बैशाख २९ गते बेलुका निधन भएको नेपाल पत्रकार महासंघ रौतहले जनाएको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले शोक विज्ञप्ति जारी गरी मृतक पत्रकारप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार