२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सर्लाही : 'निषेधाज्ञा जेठ १० सम्म थपियो' 

बिहिवार , बैशाख ३०, २०७८


सर्लाही, बैशाख  । सर्लाहीमा थप १० दिन निषेधाज्ञा लम्बाइएको छ । बिहिवार सदरमुकाम मलङ्गवामा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जेठ १० राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 
जिल्लामा कोरोना सङ्क्रमणको फैलावट बढ्दो क्रममा रहेकाले निषेधाज्ञा थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिएका छन  ।  सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्लाहीमा बैशाख २५ राती १२ बजेबाट निषेधाज्ञा लगाइएको थियो । 
पहिलो चरणमा लगाइएको निषेधाज्ञा शुक्रवार १२ बजेबाट सकिने भएपछि बिहिवार नै बैठक बसेर १० दिन लम्बाइयो हो ।  नयाँ भेरिन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना सङ्क्रमणबाट सर्लाही जिल्लाभर बिहिवार मध्यान्हसम्म ४५३ सङ्क्रमित भएका छन् । 
तीमध्ये ११ को मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने कार्यालय खुल्ने छन् भने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन् । 
तर जिल्लामा अहिले पनि निषेधाज्ञा भए पनि मोटरसाइकल, टेम्पुलगायतका सवारी साधन निर्वाध गुडिरहेका छन् । तरकारीबाहेक अन्य हाट बजार भने बन्द गरिएको छ ।  यस्तै, कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहिवारको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने भैरवी दल गण पाँचकुमारी ब्यारेकका सैनिक कर्मचारीलाई ब्यारेक नजिकै रहेको पाँचकुमारी प्राथमिक विद्यालयमा क्वारेन्टाइन गरेर राख्ने निर्णय गरेको छ । 

यसैगरी, सङ्क्रमितलाई राखिएको आइसोलेसनको रेखदेख तथा मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश २ को सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने, थप अक्सिजन सिलिण्डर सङ्कलनका लागि उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कमर्शमार्फत समन्वय गर्नेलगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार