काठमाडौं, बैशाख । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । वार्ता अहिले देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिनै लागेको वेला उहाँबीच भेट भएको हो । देउवा र प्रचण्डबीच वार्ता चलिरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
देउवा र प्रचण्डबीच समय सीमाभित्र राष्टपतीलाई तीनदलको निर्णयसहित सरकार गठनका लागि तयारी भइरहेको जनाइएको छ । कांग्रेस, नेकपा माओबादी तथा जनता समाजबादीले आफ्नो दलको निर्णयसहित सरकार गठनको माग गरिन लागेको हो ।
दलको निर्णयका लागि नेपाली काग्रेसले निर्णय गरिुकेको छन भने जनता समाजबादीले पनि यसअघि नै बहुमतले निर्णय गरिसकेको छ । संसदमा यी तीन दलका १४१ सांसद छन भने सरकार निर्माणका लागि १३६ सांसद चाहिन्छ ।
यसैबीच, अहिले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच पनि वार्ता चलिरहेको छ ।