२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस पदाधिकारी बैठक : ' दिउँसो चार बजे देउवा निवास बुढानिलकण्ठमा '

बिहिवार , बैशाख ३०, २०७८

काठमाडौं, वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले बिहीबार दिउँसो चार बजे पदाधिकारी बैठक बोलाएका छन् ।

पदाधिकारी बैठक बोलाउनुअघि देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । भेटपछि ठाकुर र महतोले पनि आफ्नो समूहका सांसदसँग छलफल गरेका छन् ।

जसपासँगको भेटवार्तामा भएको कुराकानी र अन्य दलसँग भइरहेको वार्ताबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।

ठाकुर र महतोसँग नयाँ सरकार निर्माणबारे छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको स्रोतले जनाएको छ । ‘थप छलफल गर्ने कुरा भएको छ, तर बैठकमा कुनै ठोस् सहमति भने हुन सकेको छैन’, स्रोतले भन्यो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार