२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सेती प्रादेशिक अस्पताल : 'थप तीन कोरोना संक्रमितको मृत्यु'

बुधवार , बैशाख २९, २०७८

वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचनाअधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा थप तीन संक्रमितको मृत्यु भएको जानकारी दिए ।

उनीहरु सबै धनगढीकै बासिन्दा हुन् । धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ कै ५४ वर्षीय पुरुष र वडा नम्बर १२ की ३५ वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ११ कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने थप ५ भर्ना भएका छन् ।

थप २७३ मा कोरोना पुष्टि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

५६४ को नमुना परीक्षण गर्दा धनगढी उपमहानगरपालिकाका ४४ , कैलालीकै अन्य स्थानीय तहका २0६ र विभिन्न जिल्लाका २३ मा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । सेती प्रादेशिक अस्पतालमा अहिले ४७ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार