२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रौतहट : कोरोना संक्रमणबाट थप तीनको मृत्यु'

बुधवार , बैशाख २९, २०७८

रौतहट, वैशाख । रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका थप तीनको मृत्यु भएको छ ।

गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४, बौधीमाई नगरपालिका–२ र राजदेवी नगरपालिका–२ का एक÷एक पुरुष रहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।

योसँगै कोरोना संक्रमणबाट रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ । थपिए ५९ संक्रमित रौतहटमा बुधबार ५९ मा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल सँख्या ४८२ पुगेको छ ।

गौर अस्पतालको पीसीआर ल्याबमा १४१ को नमुना परीक्षण गर्दा ५९ मा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । अस्पतालका अनुसार संक्रमित हुनेमा गौर नगरपालिकामा १४, मौलापुरका ११ र परोहाका १० छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार