२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जसपा अध्यक्ष यादवले भने : " विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने छाैँ "

सोमवार , बैशाख २७, २०७८

काठमाडौं, बैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताए । ‘संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो ।

जनता सडकमा आए । सर्वोच्चले पुनर्स्थापित गरिदियो । जुन संसदमा विश्वास छैन, कसरी मत दिने ?’ यादवले भने । प्रधानमन्त्री ओली संघीयता र समानुपातिक/समावेशिता विरोधी भएको उनले बताए ।

‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्ने निर्णय गर्छ । संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नुहुन्छ ?’ यादवले भने ।

यादवले संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए । नागरिकता समस्या मधेशको हो भन्ने बुझाइले नै अगाडि नबढाइएको पनि यादवले आरोप लगाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार