२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

महन्थ ठाकुरले भने : ' हामी तटस्थ बस्छौं, किनकि हामी भेदभावमा छौं'

सोमवार , बैशाख २७, २०७८

काठमाडौं, बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए । ‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् ।

रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ’, ठाकुरले भने । अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको उनले बताए ।

‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा’, उनले भने । संविधान संशोधनको आफ्नो माग पूरा नभएको ठाकुरले बताए ।

‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्‍न । अल्पमतमा परे भने । बजेट बनाउन सकिन्छ त ? गम्भीर त्रुटिहरु संविधानमा छ’, ठाकुरले संविधान संशोधनको औचित्यबारे भने ।

जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेद कायमै रहेकाले जसपा अहिलेको कोर्समा तटस्थ बस्न चाहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार