काठमाडौंं, बैशाख । माधव–झलनाथ निकट सांसदको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ ।
आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदले राजीनामा दिने / नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
नेता नेपालकाे पत्रकाे जवाफ प्रधानमन्त्री ओलीले हालसम्म 'रेस्पाेन्स' गरेका छैनन ।