२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसदको विशेष अधिवेशन

संसद बैठक आज दिउँसो १ बजे बस्दै : "प्रधानमन्त्री ओलीकाे विश्वासको मतमा मतदान हुने"

शीर्ष नेताले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी

सोमवार , बैशाख २७, २०७८

काठमाडौं, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् ।

विश्वासको मत पाउन १३६ मत चाहिन्छ । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो ।

जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदलाई स्वतन्त्र छाडिदिएको छ ।

एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ ।

माधव–झलनाथ पक्षका समेत एमालेका सबैले ओलीलाई मत दिए पनि सरकार टिकाउन थप १५ मत अपुग हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार