२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जसपाका नेता महताेले भने : 'दुबै नेतालाई भन्याैं, सत्ता समीकरणको खेलमा फस्दा पार्टी विभाजन हुन्छ'

आइतवार , बैशाख २६, २०७८

काठमाडौं, वैशाख । जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन । भेटमा के के कुरा भयाे त भन्ने विषयमा नेता महताेले सञ्चारकमीसँग भने, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागे ।

तपाईहरुले हामीलाई मत दिनुपर्छ भने । यसमा हामीले दिन मिल्दैन । तपाईले हामीले उठाएका सबै काम पनि गर्दिनुभएको छैन भन्याैं । साथै हामीले हाम्रो पार्टी अप्ठ्यारोमा छ । विश्वासको मत दियौं भने हाम्रो पार्टीलाई असर गर्छ ।

त्यसैले त्यो काम हामीले गर्न सक्दैनौ । हामीले विश्वासको मत दिन मिल्दैन भन्याैं । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुहुन्न भने । हामी प्रतिपक्ष हो नदिऔं भने ।

हामी विश्वासको मत दिँदैनौं हामी तटस्थ बस्छाैं भन्याैं । कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई साथ दिन भनेर देउवा जीले भने । यसमा हामीले भन्यौं । सत्ता समीकरणको खेलमा हामीलाई नफसाउनुस् । हामी कुनै पनि सत्तासमीकरणको खेलमा फस्दाखेरी सत्ताको लोभ लालचमा फसाउँदा खेरी पार्टी विभाजन हुन्छ ।

साथै हामीले तपाईको सरकार होस् वा केपी ओलीको सरकार होस् । अहिले कुनै तर्फ लाग्यो भने पार्टी तानातान भइहाल्छ, पार्टी विभाजन तर्फ गइहाल्छ, पार्टी एकता जोगाउन सत्ता समीकरणको खेलमा हामी जान सक्दैनौ ।

कांग्रेस, एमाले, माओवदाीको सत्ता समीकरणको खेलमा तपाईहरु बस्नुुस् । कसैलाई लोभ लालच सत्ताको नदेखाउनुस् भन्याैं ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार