काठमाडौं, बैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् र सत्ताका लागि आफ्नो पार्टी नफुटाउन आग्रह गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित छ ।
महन्थ र राजेन्द्र पक्ष प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादमा छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् । पछिल्लो पटक जसपाको कार्यकारिणी समितिमा बहुमत पुर्याएको बाबुराम–उपेन्द्र पक्षले बहुमतकै आधारमा अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
कार्यकारिणी समितिमा अल्पमतमा परेको महन्थ–राजेन्द्र पक्षले भने तटस्थ बस्ने निर्णय गरेको छ । यी दुई नेताले आइतबार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पक्षको निर्णय जानकारी दिएका छन् ।
महन्थ र राजेन्द्रसँग आफ्नै निवास बुढानीलकण्ठमा भएको भेटमा देउवाले आफ्नो दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जानकारी गराउँद जसपालाई पनि नदिन आग्रह गरेका थिए । ‘