२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

देउवाले भने : "अख्तियारलाई सरकारले प्रतिशोध साँध्ने संस्था बनायो "

आइतवार , बैशाख २६, २०७८

काठमाडौं, वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् ।

शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताए ।

उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे । उनले भने,“उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपुरो नै राखिएको छ ।

विरोधीलाई दुःख दिनका लागि मनपरी किसिमले अध्यादेश ल्याइएको छ । ब्ल्याकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार