काठमाडौं, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाइँ नियन्त्रणमै रहेको बताएका छन ।
शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे प्रत्यक्ष प्रसारणमा जोडिनुभएका प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको जनाएका छन ।
उनले भने, भावी दिनमा हुनसक्ने सङ्कटलाई दृष्टिगत गर्दै विश्व समुदायलाई सघाउन पनि विशेष अनुरोध गरे ।
नेपालमा पनि दोस्रो लहरको कोरोना महामारीले भयावह रुप लिँदै गर्दा प्रधानमन्त्री ओलीले विश्वसामु यस्तो अपिल गर्नुभएके हो । उनले सरकारले यसकाे नियन्त्रणका लागि सक्दाे प्रयास गरिरहेकाे बताए ।