२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रियसभा सदस्य उपनिर्वाचन

तीनकाे मनोनयन : " थापा, देवकोटा र तामाङको उम्मेदवारी, एमालेका २ ले गरे दर्ता "

देवकोटा नेपाली काँग्रेस, नेकपा (एमाले) नेपाल पक्ष, जसपा , उपेन्द्र यादवकाे समर्थनमा साझा उम्मेदवार

शुक्रवार , बैशाख २४, २०७८

हेटौँडा, वैशाख । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीनको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा आज, शुक्रबार, गृहमन्त्री रामबहादुर थापा बादल, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारी पत्र मनोनयन दर्ता गराएका हुन ।

बादलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट, देवकोटाले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट र तामाङले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन ।

देवकोटालाई नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको समेत समर्थनसहित साझा उम्मेदवारका रुपमा अघि सारिएको छ ।

गृहमन्त्री बादलको उम्मेदवारी मनोनयन गराउनु बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसहित नेकपा एमालेका नेता पुगेका थिए ।

यस्तै, देवकोटाको मनोनयन गराउन बागमती प्रदेश सभाको प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ र तामाङको उम्मेदवारी दर्ताका लागि बागमती प्रदेशसभा सदस्य सिर्जना सैजुलगायतका नेमकिपाका नेता गएका थिए ।

बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि ३४८ मतदाता रहेका छन् ।

निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बागमती प्रदेशको प्रदेशसभा सदस्य ११० र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित २३८ गरी ३४८ मतादाता रहने जानकारी दिएका छन ।

मनोनयन दर्ताको समय दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार