२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमालेभित्रको विवाद

नेता नेपालले भने : 'पार्टी एकताका लागि वार्ता र लचकता दुवै अपनाइने "

सामाजिक सञ्जालमा भने : "अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति भएको छैन "

शुक्रवार , बैशाख २४, २०७८

काठमाडौं, वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताका लागि वार्ता र लचकता दुवै अपनाइने बताएका छन ।

हिजो, बिहिबार, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि राष्ट्रपति विद्यादेवि भण्डारीसँग समसामयिक राजनीतिक एवम् पार्टीको आन्तरिक घटनाक्रम सम्बन्धमा भेटवार्ता गरेका नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन ।

तथापि, आफूहरुले निर्माण गरेको एमाले पार्टी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा सुदृढ र एकताबद्ध भएको चाहने उनले बताए ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपनि फागुन २८ गतेपार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठक र यसले गरेका निर्णयहरुप्रति नेपाल पक्षले चरम् असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूको बटम लाइन हो, नेता नेपालले लेख्नुभएको छ ।

यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन समेत एमाले नेता नेपालले आह्वान गरे।

विशेष गरी, नेता नेपालको राष्ट्रपतिसँगको भेटपछि पार्टी अध्यक्ष ओलीसँग विभिन्न सहमति हुने भन्ने कुरा सञ्चार माध्यममा प्रचार भइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार