२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमालेका वरिष्ठ नेता नेपाल बूढानीलकण्ठ पुगे

बिहिवार , बैशाख २३, २०७८

काठमाडौं, बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । आफू निकट नेतासहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार