२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले बैठक

संसद अधिवेशन : " विश्वासको मत प्राप्त गर्ने, दलसँग छलफल गर्ने निर्णय "

बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने

बिहिवार , बैशाख २३, २०७८

काठमाडौं, बैशाख। नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीपकुमार ज्ञवालीले यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् ।

माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् । स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ ।

एमालेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारबारे भने निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार