२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

लुम्बिनी प्रादेशिक अस्पताल : 'थप चार संक्रमितको मृत्यु'

बुधवार , बैशाख २२, २०७८

बुटवल, वैशाख । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुषभएको अस्पतालले जनाएको छ ।

ती सबैको अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख १९ गते कोरोना पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिला, १८ गते भर्ना भएकी बुटवल–९ की ५४ वर्षीया महिला, २१ गते भर्ना भएकी तिलोत्तमा–४ की ४० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको थियो ।

त्यस्तै १५ गते भर्ना भएका बुटवल–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको थियो । उहाँहरुमा संक्रमणसंगै श्वासप्रश्वासमा समस्या थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार