२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस पदाधिकारी बैठक

कांग्रेस बैठक निर्णय : " विश्वासको मतमा प्रमलाई फेल गराउन पहल गर्ने "

बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेलामा विश्वासको मत लिन अधिवेशन बोलाइयाे

मंगलवार , बैशाख २१, २०७८

काठमाडौं, बैशाख  । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ ।

बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सञ्चारकमर्सँग  भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि २७ गते संसदको बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ ।’

ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेसको आरोप छ ।

सहमहामन्त्री डा. महतले भने, ‘केन्द्रकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप भएको छ, यसको हामीले भर्त्सना पनि गरेका छौं ।’

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि ल्याएकोमा समेत आपत्ति जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार