२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

लुम्बिनी प्रदेशसभा : ' विशेष अधिवेशन बैठक विना अन्त्य '

आइतवार , बैशाख १९, २०७८

बुटवल, बैशाख । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता अबिश्वास प्रस्तावबारे छलफल गर्न आजदेखि बोलाइएकोे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक विना नै अन्त्य भएको छ ।

बैठक बस्नुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले बैठक अन्त्यको पत्र पठाउनु भएको हो ।

प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य गरिएको सभामुख पूर्णबहादुर घर्तीले सञ्चारकमीलाइ बताए।

मन्त्रीपरिषदको आज बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा दिउसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको पत्रमा उल्लेख गरिएको छ ।

अधिवेशन अन्त्यको सुचना मध्यान्ह साढे १२ मा टासिएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर छलफलका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले ल्याएको प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमाले लुम्बिनी पुन पोखरेलकै नेतृत्वका संविधानको धारा ६८ उपधारा १ बमोजीम बहुमतको सरकार बनाउन जुटेको छ । बिपक्षी दलहरुले पनि आफ्नो पक्षमा बहुमत जुटाउन लागि परेको जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार