२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोभिड १९ विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान

शनिवार , बैशाख १८, २०७८

काठमाडौं, वैशाख । कोभिड १९ महामारी विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले सामाजिक सञ्जालमार्फत् अमेरिकी घोषणाबारे जानकारी गराउनुभएको हो । राजदूत बेरीले ट्वीटरमार्फत् अमेरिकी सहयोग निकाय(यू एस एड)को कार्यक्रम अतिरिक्त कोभिड विरुद्ध लड्न उक्त अतिरिक्त अनुदान उपलब्ध गराउने उल्लेख गरेका छन ।

उनले लेखेका छन, “हामी नेपाल र नेपालीको लामो समयदेखिको मित्र हौं, भाइरसबाट गहिरो रुपमा संघर्षरत् नेपालको यस लडाईमा अमेरिका ऐक्यबद्धता जनाउन चाहन्छ ।”

उनले हामी सँगै लडे भाइरसलाई परास्त गर्ने उल्लेख गर्नुभएको छ । यूएस एडले उक्त अनुदान आपातकालीन प्रयोगका लागि उपलब्ध गराइने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार