२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

उपत्यकामा एक हजार वेड थप गर्ने

मन्त्री त्रिपाठीले भने : 'हस्पिटल थप गर्दैछौं, संक्रमितको उपचारमा सरकारले हातखुट्टा छाडेको छैन'

‘सबै जिम्मा सरकारले लिएको छ, आफ्नो प्रतिवद्धता पुरा गर्न तयार छ'

शनिवार , बैशाख १८, २०७८

काठमाडौं, बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएका छन् । साथै संक्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको उनले दाबी गरे ।

मन्त्रालयले शुक्रबार वेड उपलब्ध गराउन नसक्ने वक्तव्य निकालेको थियो, जसका कारण सरकारले हात उठाएको भन्दै आलोचना भएको थियो । शुक्रबार साँझ सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै त्रिपाठीले आतंकीत हुन जरुरी नभएको बताए ।

उनले अघि भने, ‘सबै जिम्मा सरकारले लिएको छ र आफ्नो प्रतिवद्धता पुरा गर्न तयार छ ।’ उनका अनुसार भोलि आइतबारदेखि नै उपत्यकामा एक हजार वेड थप हुनेछ ।

मन्त्री त्रिपाठीले भने, ‘हस्पिटल हामी थप गर्दैछौं, भोलिदेखि नै काठमाडौं उपत्यकामा कमसेकम एक हजार वेड व्यवस्था गर्दैछौं ।’

अक्सिजन सिलिण्डर लगायतको आपूर्तिमा समस्या देखिएको र त्यसलाई समाधान गर्न कोसिस भइरहेको उनले बताए । ‘यसका लागि जीवनदानी औषधिहरु पनि दुईतीन दिनभित्रै आपूर्ति हुनेछ’ मन्त्री त्रिपाठीले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार