२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोभिड–१९ विरुद्ध खोप

ओली - रूसी राजदूत भेट : ‘स्पुतनिक–भी’ खोप तत्काल उपलब्ध गराउन आग्रह'

राजदूतले भने : 'नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक'

शुक्रवार , बैशाख १७, २०७८

काठमाडौँ, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।

नेपालका लागि रूसका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।

औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार