२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सन्दर्भ : गन्डकी प्रदेश सरकार अविश्वास प्रस्ताव

डा. शेखर कोइराला भने : 'जनमोर्चामा नैतिकता छ भन्ने लागेको थियो, त्यो पनि सकियो ’

‘विकृति विसंगति केन्द्रमा त थियो थियो प्रदेशहरुमा पनि आयो । नेपाली राजनीतिमा यतिधेरै विकृति बढेर गएको छ यसलाई रोक्नुपर्नेछ ।’

बिहिवार , बैशाख १६, २०७८

काठमाडौं, बैशाख  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रिय जनमोर्चाको नैतिकता पनि सकिएको बताएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदै गर्दा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि डा. कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।

विराटनगरमा रहेका कोइरालाले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा भने, ‘नेपाली कांग्रेस, एमाले र माओवादीका नेताले यसो गरेको भए दुःख लाग्ने थिएन । तर जनमोर्चाले यसो गर्नु भने पक्कै पनि दुःखद पक्ष हो ।

जनमोर्चामा नैतिकता छ भन्ने लागेको थियो त्यो पनि सकियो ।’ यो घटना भएको थाहा हुनासाथ आफूले जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई समेत फोन गरेर कुराकानी गरेको उनले बताए ।

बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुनुअघि नै बिहान ९ बजेदेखि शाही बेपत्ता भएका थिए । पछि उनलाई अस्पतालको आइसीयूमा फेला पारिएको थियो ।

तर उनको कारोनाको पीसीआरको रिपोर्ट नेगेटिभ रहेको थियो । पीसीआर परीक्षणमा नेगेटिभ देखिएपछि फेरि अस्पतालले पोजेटिभ भनेर भर्ना गर्नु दुःखद भएको डा. कोइरालाले बताए ।

यो घटनापछि डा. कोइरालाले प्रतिक्रिया दिँदै भने, ‘विकृति विसंगति केन्द्रमा त थियो थियो प्रदेशहरुमा पनि आयो । नेपाली राजनीतिमा यतिधेरै विकृति बढेर गएको छ यसलाई रोक्नुपर्नेछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार