काठमाडौँ, वैशाख । उपत्यकामा काेराेनासँग लड्रन निषेधाज्ञा जारी गरेसँगै नेकपा (माओवादी केन्द्र) ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गदैर् अाएकाे छ ।
एकीकृतरुपमा कोरोनाविरुद्ध लड्नु जरुरी रहेको भन्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्रीको प्रबन्ध, अग्रमोर्चामा रहेका चिकित्सकलाई विशेष व्यवस्था गर्न आग्रह गरेकाे छ ।
सो पार्टीले निषेधाज्ञाका कारण समस्यामा पर्ने वर्ग तथा समुदायलाई विशेष राहत दिन माग राख्दै अाएकाे छ ।
यसअघीकाे माओवादी केन्द्रको स्थायी समितिको बैठकले अक्सिजन, आइसियु, भेन्टिलेटर र आइसोलेसन सेन्टर व्यवस्था गर्न स्वास्थ्य सामग्रीको जोहो गरी नागरिकलाई राहतको प्रबन्ध गर्न अनुरोध गरिसकेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन ।