२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद्नि र्णय सार्वजनिक

तराई–मधेश आन्दोलन : ' सरकारले १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लियाे'

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी

बुधवार , बैशाख १५, २०७८

काठमाडौँ, वैशाख । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

यसैबीच मुद्दा फिर्तासम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए । यसरी मुद्दा फिर्ता लिएका व्यक्तिको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार