२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काेराेनाकाे कहर कहालीलाग्दाे

अमेरिकाकाे भारतलाइ बचन : "महामारीको चपेटामा परेको भारतलाई सहयोग गछौँ "

सोमवार , बैशाख १३, २०७८

नयाँ दिल्ली, बैशाख । दोस्रो लहरका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्यसामग्री तथा औषधि सहयोगको वाचा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन । उनले भने “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’’ ।

यसअघि भारतमा कोभिडविरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ ।

युरोपेली युनियनका सदस्य राष्ट्रले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् । भारतीय राजधानी नयाँ दिल्लीका अस्पताल बिरामीले भरिएका छन् । यहाँ आएका बिरामीलाई अस्पतालले फर्काउँदैछन् ।

त्यस्तै पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ । भारत सरकारले अक्सिजनको उत्पादन बढाउने योजना थालेको छ । भारतले देशभरमा ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार