२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आईपीएल क्रिकेट : 'राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हरायाे '

आइतवार , बैशाख १२, २०७८

काठमाडौं , बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो ।

राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा नटआउट रहे । जारी सिजनमा राजस्थानको पाँच म्याचमा यो दोस्रो जित हो । यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो ।

यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार