२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नवनिर्मित ऐतिहासिक धरहरा

प्रधानमन्त्री ओलीले गरे धरहराको उदघाटन : '२० औं तलाको बार्दलीबाट पुष्पवृष्टी'

उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल : भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष

शनिवार , बैशाख ११, २०७८

काठमाडौं, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको धरहराको उदघाटन गरेका छन् ।

शनिबार धरहराको सबैभन्दा माथिल्लो अर्थात २० औं तलाको बार्दलीबाट पुष्पवृष्टी गर्दै ओलीले धरहराको उदघाटन गरेका हुन् । ओलीले धरहरामा राखिएको शिलालेख अनावरण गर्दै २० औं तलामा पुगेर उपत्यकाको दृष्यावलोकन गर्दै पुष्प वृष्टि गर्दै उदघाटन गरेका हुन् ।

kppp.jpg

छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले सुन्धारामा रहेको धरहरा ढलेको थियो । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लागेको हो ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा तीन अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार