२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओलीले मागे स्पष्टीकरण : 'नेपाल पक्षका सांसद छलफलमा'

मंगलवार , बैशाख ७, २०७८

काठमाडौं,   वैशाख  ।  नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही स्वरुप स्पष्टीकरण मागेपछि नेता माधवकुमार नेपाल पक्षका सांसदहरु छलफलमा जुटेका छन् ।

मंगलबार ओलीले नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणपछि नेपाल पक्षका सांसदहरु वानेश्वरस्थित एक होटलमा छलफलमा जुटेको बताइएको छ ।

ओलीले मंगलबार संघीय संसद्का २७ सांसदलाई पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरणपत्र पठाएका हुन् । पत्रमा केही सांसदहरुलाई दुई र केहीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार