२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद्को बैठक निर्णय : 'सार्वजनिक यातायातमा चालक, सह–चालक र यात्रुले मास्कको प्रयोग गनुपर्ने'

सोमवार , बैशाख ६, २०७८

काठमाडौं, वैशाख । सरकारले काठमाडौं उपत्यकासहित देशैभरमा बढ्दै गएको दोस्रो चरणको कोरोना भाइरसको महामारीप्रति ध्यान दिदै सोमबार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा निर्णयहरु गरेको छ ।

जसमा सार्वजनिक यातायातका साधनमा चालक, सह–चालक र यात्रु सबैले अनिवार्य रुपमा मास्कको प्रयोग गनुपर्ने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताउनुभयो ।

मास्क नलगाएको यात्रुलाई पनि कम्तिमा १० रुपैंया लिई सवारी चालकले मास्क उपलब्ध गराउनुपर्ने गुरुङले जानकारी दिनुभयो ।

यसैगरि, सार्वजनिक यातायातको साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, बीचैमा यात्रु चढाउन नपाउने र सवारी साधनमा अनिवार्य रुपमा स्यानिटाइजरको प्रयोग गनुपर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार