२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा माओवादी केन्द्र

स्थायी कमिटी बैठक भोलि : 'सरकारबाट बाहिरिन छलफल हुने'

आइतवार , बैशाख ५, २०७८

काठमाडौं, वैशाख । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

भोलि दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताए ।

अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन् ।

तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादी केन्द्रले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार