२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस

केन्द्रीय समिति बैठक बस्दै : ' १४ औं महाधिवेशन सम्बन्धी छलफल हुने '

नयाँ सत्ता समीकरणको कसरत

आइतवार , बैशाख ५, २०७८

काठमाडौं,  वैशाख । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार