२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कर्णाली प्रदेश : ' मन्त्रीमण्डल पुनर्गठन, तीन मन्त्री नियुक्त'

शनिवार , बैशाख ४, २०७८

सुर्खेत,  वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

यी तीनैजना एमालेका सांसद हुन् । उनीहरूले शुक्रबार 'फ्लोर क्रस' गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । शनिबारमात्र एमाले प्रदेश कमिटीले तीनैजनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् । मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेको उनी निकटको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार