२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले संसदीय दलको बैठक

कर्णाली प्रदेशसभामा फ्लोर क्रस : 'सांसदसँग स्पष्टीकरण माग, कारबाही गर्न सिफारिस'

शुक्रवार , बैशाख ३, २०७८

काठमाडौं, वैशाख । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने आफ्ना सांसदसँग एमाले संसदीय दलले स्पष्टीकरण माग गरेको छ र कारबाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी ४  सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रदेशसभाको बैठकपछि शुक्रबार साँझ बसेको एमाले संसदीय दलको बैठकले फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गर्न पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

त्यस्तै ह्वीप उल्लंघन गर्नेसँग स्पष्टीकरण पनि माग गरिएको एमाले सांसद सुशील थापाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार