२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

परराष्ट्रमन्त्री ज्ञवालीले भने : 'फ्लोर क्रस पार्टीमा देखिएको गम्भीर विचलन '

शुक्रवार , बैशाख ३, २०७८

काठमाडौं, वैशाख। नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् ।

उनले ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए । ‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारबाही हुने पनि उनले बताए ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए ।

एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका छन् । ज्वाला र बुढाले केही दिन अगाडि मात्रै मन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार